जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार ०५:५०

देउवालाई महेश बस्नेतको काउन्टर : सत्तामा हुँदा कानमा तेल हालेर बस्ने, हटेपछि आगोमा घ्यू थप्ने ?


काठमाडौं, साउन ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता महेश बस्नेतले सरकारमा हुँदा केही काम नगरी समय गजार्ने, सत्ताबाट हटेपछि ठुला कुरा गर्ने काम बन्द गर्न कांग्रेस नेताहरुलाई सुझाव दिनुभएको छ । आफु सत्तामा हुँदा कुनै पनि काममा कानमा तेल हालेर बस्ने अनि अरु सत्तामा हुँदा आगोमा घ्यु लगाउने प्रबृत्ति त्याग्न पनि बस्नेतले सुझाउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो भनाई राख्दै सांसद बस्नेतले सो धारणा राख्नुभएको हो । ‘नेपालको राजनीतिमा विगतको एउटा तितो सत्य केहो भने सत्त पक्षमा छँदा खेरी कानमा तेल हालेर बस्ने अनि प्रतिपक्षमा हुँदा आगोमा घ्यु हालेर बस्ने । यो प्रवृक्तिलाई अव चाँही कमसे कम रोकैं भन्ने मेरो सुझाव रहेको छ,’ बस्नेतले भन्नुभयो ।

सरकारले देशमा भएका विभिन्न प्रकारका समस्यालाई समाधान गर्न तदारुकताका साथ अघि बढिरहेको पनि बताउनु भयो । ‘प्रतिपक्षी दलले सर्लाहीका कुमार पौडेलको हत्या तथा बालक डुवेर भएको मृत्यु र त्यहाँ भएको आन्दोलन जोडेर संसदीय समिति बनाउने प्रस्ताव गरेको र त्यसमा राज्य व्यवस्था समितिले त्यसलाई छानविन गरि कारवाही गर्न सरकारलाई निर्देशन दिएको र सोही अनुसार सरकारले प्रकृया अघि बढाएको छ,’ बस्नेतको भनार्ई थियो ।

न्यायीक समितिले छानविन गर्न खोज्दा स्वयं कांग्रेसका सांसदहरुले समितिमा छानविन प्रकृया अघि बढाउन नदिएको कुरा सुनेको बताउँदै उहाँले न्यायीक समिति तथा राज्य व्यवस्था समिति संसदको एक अभिन्न अंग भएकोले यो नै महत्वपूर्ण छानविन समिति भएको बताउनुभयो ।

अविरल वर्षाका कारण देशमा भएको विपद्लाई व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएर राज्यका सवै सम्यन्त्रहरु उद्धार तथा राहतमा परिचालन गरेको भन्दै उहाँले हरेक कुरामा राजनीति नगर्न सचत गराउनु भयो । ‘उपप्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय विपद् व्यवस्थापन समिति बस्यो, सम्पूर्ण जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विपद् व्यवस्थापन समितीको बैठक बसेको थियो । नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी व्यापक रुपमा परिचालन भएको, राज्यका तीनै तहका सरकारहरु परिचालित भए । सरकारले लिएको तदारुकतालाई नदेख्ने, सिडिओ, स्थानीयत तह, सेना, प्रहरी तथा शसस्त्र प्रहरीलाई सरकारको अंग नदेख्ने समस्या रहेको र त्यसलाई अन्त्य गर्नुपर्छ । त्यसैले सरकार व्यवस्थित ढंगले लागेको छ,’ सांसद बस्नेतले भन्नुभयो ।

नदिमा तटवन्ध बनाउने कुरालाई व्यवस्थित ढंगले लैजानुपर्ने र अतिक्रमणलाई रोक्नुपर्ने धारणा पनि उहाँको थियो । ‘भक्तपुरलाई नै उदाहरणको रुपमा हेर्ने हो भने हनुमन्ते नदीमा निर्माण भइरहेको करिडोरका कारण बाढीबाट मुक्त हुन सफल भयो । त्यसैले राज्यले ५०/६० अर्व जति रकम लागे पनि खर्च गरी टतवन्ध बनाउनुपर्छ । पहाडका बस्तीहरुलाई व्यवस्थित बनाउनुपर्छ । विपद् व्यवस्थापन सम्बन्धी ऐन बनाउने र अधिकार सम्पन्न प्राधिकरण निर्माण गरेर त्यसको क्षतीपूर्ती र न्युनिकरण गर्नेमा लाग्नुपर्छ भन्ने सुझाव रहेको छ,’ बस्नेतले भन्नुभयो ।

वाढीका कारण मृतक, घाइतेलाई राज्यका तर्फकाट उचित क्षतीपूर्तिका व्यवस्था गर्न माग गर्दै उहाँले राज्यले उद्धार तथा राहतमा राज्यले देखाएको तदारुकता र पुनस्थापनाको लागि तदारुकता देखाओस् भन्ने आग्रह गर्नुभयो । साना तिना कुरालाई लिएर प्रतिपक्षीदलले आगामी दिनमा सदन अवरुद्ध नगरी छलफलको माध्यमलाई आत्मसात् गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।