जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १७:५३

देशभर थपिए ८६८ संक्रमित, तीन जनाको मृत्यु


काठमाडौं, २५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ८६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१४ नमूनाको पीसीआर परीक्षण गर्दा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ४१४ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।