जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १९:२४

बालेनलाई सर्वाेच्च अदालतको झडका, नर्भिकको संरचना तत्काल नहटाउन अल्पकानीन आदेश


काठमाडौं, साउन २५ । नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

मंगलबार नर्भिक अस्पतालले दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ गर्दै सर्वोच्चले तत्काल संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सोमबार काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन अस्पताललाई लिखित निर्देशन दिएको थियो ।

अदालतको यो आदेशसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई झडका लागेको छ । चर्चामा आउनका लागि नर्भिकमा पत्र पठाएको र फोहोर उठाउन नसकेको आलोचनालाई अन्यत्र मोडन साहले यो नाटक गरेको आरोप लागिरहेको बेला अदालतले नै रोक लगाएको हो ।

महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक अस्पतालले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अर्को सुनुवाइ नभएसम्म नर्भिक अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न र संरचना हटाउनु पर्नाको कारण पेस गर्न आदेश दिएको छ ।