जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार ०८:४२

त्रिविका प्राध्यापकले अब अन्य क्याम्पसमा पढाउन नपाउने


काठमाडौं, साउन ९

त्रिभुवन विश्वविद्यालयले प्राध्यापकहरुलाई अन्य क्याम्पसमा पढाउन नपाउने गरी नया नियम लागु गरेको छ । त्रिविका प्राध्यापकले अन्यत्र पनि पठाउने गरेको भनेर आलोचना भईरहदा यस्तो नियम लागु भएको हो ।

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले नीजि तथा सामुदायिक क्याम्पसमा पढाउन नपाउने गरी बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको छ । अन्यत्र पढाउने हो भने त्रिविको अनुगमन निर्देशनालयबाट अनिवार्य अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ। यसरी अनुमति लिंदा सम्बन्धित प्राध्यापकले आंगिक क्याम्पसमा पढाइरहेको भन्दा फरक सिफ्ट हुनुपर्छ। एकै सिफ्टमा आंगिक र नीजि क्याम्पसमा पढाइरहेको पाइएमा कारबाही गरिने पनि त्रिविले जनाएको छ। त्रिविले यस्तो कामलाई न्यूनीकरण गर्न समय समयमा अनुगमन गरेपनि प्रभावकारी हुन सकेको छैन।