जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १०:०२

के तपाईको मोबाइलमा अपरिचित नम्बरबाट फोन आउने गरेको त छैन ?


काठमाडौं, साउन ९ । के तपाईको मोबाइलमा अपरिचित विदेशका नम्बरबाट फोन आउने गरेको त छैन ? त्यसको हो भने यस्ता फोनहरू नउठाउनुहोला । यसले तपाईंलाई नोक्सान पुर्‍याउन छन् ।

विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता कलहरू नउठाउन र कलब्याक नगर्न सूचना प्रकाशित गरि सबैमा आग्रह गरेको छ ।

टेलिफोन र मोबाइल नम्बरमा विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन तथा मिस्डकल आउने समस्या देखिएको छ । यस्तो फोन आउँदा कतिपय मोबाइल प्रयोगकर्ताले रातो देखिने गरेका र ‘स्काम कल’ भनेर आउने गरेको बताएका छन् । यसले फोन प्रयोगकर्तालाई त्रसितसमेत बनाएको छ । दुरसंचारका अनुसार, यसरी विदेशबाट आउने कललाई प्राविधिक भाषामा Wangiri Scam (One Ring Scam)  भनिन्छ । विशेष गरी यस्तो कल प्रयोगकर्तालाई ठग्नका लागि प्रयोग गर्दै आएका छन् ।
प्राधिकरणले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित दूरसञ्चार सेवाप्रदायकहरूलाई यसको रोकथामका लागि निर्देशन दिएको सूचनामा जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका उप–महानिर्देशक सन्दीप अधिकारी नेपालका टेलिफोन तथा मोबाइल प्रयोगकर्ताकोमा विदेशका अपरिचितको नम्बरबाट टेलिफोन तथा मिस्डकल आउन थालेको बताउनुहुन्छ । प्राधिकरणले समस्या समाधानका लागि पहल थालेको समेत उहाँले जानकारी दिनुभयो ।