जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार १२:४४

ट्रिटनलाई क्रिकेट उपाधि


काठमाडौं, २७ साउन । ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो । जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेटायो ।

ट्रिटनका योगेन्द्र कार्की फाइनलको ‘म्यान अफ द म्याच’ बन्नुभयो। ट्रिटनका दिलिप नाथ ‘म्यान अफ द सिरिज’ घोषित हुनुभयो । गोल्डेनगेटका सन्देश कार्की उत्कृष्ट व्याट्सम्यान, गोल्डेनगेटकै रुपेश सिंह उत्कृष्ट बलर हुनुभयो ।