जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार १८:०३

बिबाहमण्डपमै ठूलो स्क्रिनमा बेहुलीको सेक्स टेप प्ले भएपछि. . .


एजेन्सी, २७ साउन । विवाहमा सानातिना झगडा हुनुलाई सामान्यनै मानिन्छ, जुन सजिलै समाधान हुन्छ । तर, बिहेको त्यस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल भयो भने कुरा अलि गम्भीर हुन्छ ।

चीनमा एउटा विवाह समारोह सुरु भएको केही घण्टा पनि टिकेन र चर्को कोलाहलमा समाप्त भयो । समारोहमा सबै पाहुनाहरूको अगाडि, पतिले आफ्नी भावी पत्नीको अर्को व्यक्तिसँगको सम्बन्ध खुलासा गरे । यो विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

दुलहाले पाहुनाहरूको अगाडि ठूलो पर्दामा दुलहीको भिडियो प्ले गरे, जसले पार्टीमा हलचल मच्चायो । समाचारका अनुसार दुलहीको भिनाजुसँग अफेयर थियो र स्क्रिनमा प्ले भएको भिडियोमा दुवैजना शारीरिक सम्बन्धमा लिप्त देखिएका थिए ।

सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोको क्याप्सनमा यस्तो लेखिएको छ, ‘दुलहाले सबैको सामुन्ने आफ्नी पत्नीको भिडियो सार्वजनिक गरिदिए, जसले उनलाई धोका दिएर आफ्नी गर्भवती दिदीको श्रीमानसँग अफेयर चलाइरहेकी थिइन् ।’

यो देखेर बिहेमा आएका सबै पाहुना चकित परेका थिए र दुलहीको भिडियो हेरेर आत्तिएका थिए । भिडियो हेरेर बेहुलीले तुरुन्तै बेहुलालाई बिहेको गुच्छा हानेकी थिइन् । बदलामा बेहुलाले चिच्याएको सुनियो, ‘तिमीलाई के लाग्छ, मलाई यो कुरा थाहा भएन ?’ न्यूयोर्क पोस्टका अनुसार यो भिडियो पहिलो पटक २०१९ मा शेयर गरिएको थियो र अहिले टिकटकमा फेरि भाइरल भइरहेको छ ।

भिडियोलाई १ करोडभन्दा बढीले हेरिसकेका छन्
हालै सेयर गरिएको क्लिप १ करोडभन्दा बढीले हेरिसकेका छन् । भिडियोमा प्रयोगकर्ताको मिश्रित प्रतिक्रिया आइरहेको छ । एक प्रयोगकर्ताले लेखेका छन्, ु‘मैले पनि त्यस्तै १ हजार प्रतिशत गरेको थिएँ।’ त्यही क्रममा अर्का एक प्रयोगकर्ताले प्रश्न सोधे, ‘त्यसो भए विवाह समारोहमा किन यति धेरै पैसा खर्च भयो ? एशिया वनको रिपोर्टका अनुसार यो जोडी दुई वर्षदेखि रिलेशनशिपमा थिए ।