जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार २१:०६

पार्टीभित्र अस्तित्वको लडाई सुरू भएको नेपाली कांग्रेसको असन्तुष्ट पक्षको निस्कर्ष


काठमाडौं, २८ साउन । नेपाली कांग्रेसको असन्तुष्ट पक्षको भेलाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढेको भन्दै अन्तरसंघर्षको चेतावनी दिएको छ ।

आज सो समूहको भेलापछि बोल्दै नेता गुरुराज घिमिरेले सभापतिबाट न्यायोचित निर्णय ४० प्रतिशतका लागि संघर्ष जारी बताउनुभयो ।

उहाँले सभापतिमा निर्वाचित भएको आठ महिना वित्दा पनि प्रतिस्पर्धी समूहलाई कुनै निर्णय प्रक्रियामा नसमेट्नुले आशंका उब्जिएको बताउनुभयो । संघीय निर्वाचनमा पनि यही अवस्था आउन सक्ने संकेत देखिएको नेता घिमिरेले बताउनुभयो । उहाँले पार्टीभित्र न्यायोचित रूपमा भूमिका दिने कुरा उठाउँदै आएको बताउनुभयो ।