काठमडौं, २९ साउन । धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुग्नुभएको छ । उहाँ आज बिहान काठमाडौं आइपुग्नुभएको हो । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उहाँ काठमाडौं आउनुभएको हो ।
साम्पाङले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’













प्रतिक्रिया दिनुहोस्