नाच्दा के हुन्छ ?
हामीले अनुभूत गरेकै कुरा हो, नाच्दा मन फुरुंग हुन्छ । मन चञ्चल हुन्छ । तपाईंले कहिल्यै देख्नुभएको छ ? नाचिरहेको कोही व्यक्ति रिसाएको ? अर्थात रिसाएर, दुखी भएर, उदास भएर कोही नाच्छ ?
पक्कै नाच्दैन ।
जब हामी नाच्छौं, मन दंग हुन्छ । अनुहारमा हाँसो पोतिन्छ । तर, नाच्नुको फाइदा मनको शुद्धतासँग मत्र छैन । यो समग्र शारीरिक व्यायाम पनि हो । यस्तो व्यायाम, जसले रमाइलो र सजिलो ढंगले शरीरका मांसपेशी, जोर्नी, भित्री अंगहरु सबैलाई चलायमान बनाउँछ । नाचिरहँदा तपाईं/हाम्रो आँखा चञ्चल हुन्छ । ओंठमा मुस्कान हुन्छ । कान चनाखो हुन्छ । भनौं, सबै इन्दि्रयले नाचबाट एकसाथ आनन्द अनुभूत गर्छ ।
प्रतिक्रिया दिनुहोस्