जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार २०:२२

देउवा र कोइरालाबीच बालुवाटारमा भेटवार्ता


काठमाडौं, २९ साउन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेट भएको छ । देउवाले बोलाएकोमा कोइराला भेट्न बालुवाटार पुग्नुभएको हो ।

देउवा र शेखरबीच कुन विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन ।

शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले छलफलका लागि बोलाउनुभएको हो । शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरूको बैठक आज बोलाइएको थियो ।