जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार २१:०१

फोहरको थुप्रोमा कुहिएको खेल खेलेर राजनीतिको नाम नदिउँ : मेयर बालेन्द्र शाह


काठमाडौं, २९ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।

धादिङको धुनिबेँशी नगरपालिका वडा नम्बर १ का राजनीतिक दलहरूले बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक्ने भन्दै आन्दोलन गर्ने घोषणा गरेकोप्रति टिप्पणी गर्दै मेयर साहले फोहरको थुप्रोमा कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह गर्नुभएको हो ।

धुनिबेँशी नगरपालिका वडा नम्बर १ का कांग्रेस, माओवादी र एकीकृत नेकपा समाजवादीका वडा प्रमुखहरूले संयुक्त रूपमा ती दलका नगर समितिलाई लेखेको पत्रसहित फेसबुकमा स्टाटस लेख्दै साहले बञ्चरेडाँडामा फोहर फ्याँक्न आधिकारिक सम्झौताहरू भएको उल्लेख गर्नुभएको छ । उहाँले सिसडोलमा पानीको मुहानमा फोहर फ्याँकेको र फोहर बोक्ने गाडीले बाख्रा मारेको समस्या समाधान हुनासाथ काठमाण्डौको फोहर उठाउन नदिन अर्को समस्या देखिएको बताउनुभएको छ ।

 

No photo description available.