काठमाडौं, ३० साउन । सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पास गर्ने बेलामा संसद बैठकमा सांसदहरु नबसेकोप्रति आक्रोश व्यक्त गर्नुभएको छ । संघीय संसद सचिवालयमा आज आयोजित ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समितिः अभ्यास र उपलब्धी’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले विधेयक पास गर्ने बेलामा सांसदहरुको अनुपस्थितिप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।
पछिल्लो समय विधेयक पास गर्ने क्रममा गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको छ । आइतबार नै गणपूरक संख्या नपुगेर दुईपटक प्रतिनिधिसभा बैठक स्थगित गर्नुपरेको थियो ।
संसदलाई जनतामा जोड्न निकै मिहेनत गर्नुपरेको स्मरण गराउँदै उहाँले बैठकमा सांसद अनुपस्थित हुँदा विधेयक पारित गर्न समस्या भइरहेको बताउनुभयो । संसदको गतिविधिलाई जनताले नियालिरहेको भन्दै उहाँले बैठकमा उपस्थित हुन पटक–पटक घण्टी बजाउँदा पनि गणपूरक संख्या नपुगेर विधेयक पास गर्न नसकिएको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्