काठमाडौं, ३० साउन । राप्रपाले ४ मसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल र गठबन्धन गर्ने निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । केन्द्रीय कार्य सम्पादन समितिको मंगलवार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल र गठबन्धन गर्ने निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको उहाँले बताउनुभयो । साथै चुनावी घोषणापत्र बनाउन प्रा।डा। गीताभक्त जोशीको संयोजकत्वमा सगुन सुन्दर लावती, रमानन्द न्यौपाने, प्रा।जयन्तनाथ खनाल र हेमराज कार्की सदस्य रहेको मस्यौदा समिति गठन गरेको प्रवक्ता तथा प्रचार विमाग प्रमुख श्रेष्ठले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्