जनता टाइम्स

३१ श्रावण २०७९, मंगलवार १५:४८

माओवादीको चिन्हमा चुनाव लडने भन्दै निर्वाचन आयोग पुगे वामदेव


काठमाडौं, साउन ३१ । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुग्नुभएको छ ।

गौतम आज दिउँसो आयोगको कार्यालय पुग्नुभएको हो । गौतमले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रियाबारे बिषय बुझ्न आएको प्रतिक्रिया दिनुभयो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गौतमले आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हतौडा लिएर उठ्ने हुनुभएको छ ।