जनता टाइम्स

३१ श्रावण २०७९, मंगलवार १६:०४

बञ्चरेडाँडामा तनाव, प्रहरीले गर्यो हवाई फायर


काठमाडौं, साउन ३१ । काठमाडौं उपत्यकाको फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ। काठमाडौंबाट लगिएको फोहोरका गाडीलाई आज दिउसो स्थानीयले रोकेपछि हवाई फायर भएको हो ।

सत्तारुढ दलका नेताकै नेतृत्वमा फोहोरका गाडीलाई अवरोध पुर्‍याएपछि प्रहरीको सुरक्षा घेराबीच बञ्चरेडाँडामा फोहोर फाल्ने गरिएको छ। स्थानीयलाई सम्झाउँदा पनि नमानेपछि र प्रहरीमाथि ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

‘स्थानीयले प्रहरीमाथि नै अत्याधिक ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरिएको बताइएको छ ।