काठमाडौं, ३१ साउन । महंगी, भ्रष्टाचार नियन्त्रणसहितका २२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाले किसानको समस्या समाधानको पहल स्वरुपमा कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । दोस्रो चरणको आन्दोलनको अन्तिम कार्यक्रमअनुसार राप्रपाको किसान संगठनले आज कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई ज्ञापनपत्र बुझाएको छ ।
संगठनका अध्यक्ष राममणि न्यौपानेको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । केन्द्रमा कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाइरहँदा देशभरका जिल्लाको कृषि ज्ञान केन्द्रमा जुलुस र धर्ना कार्यक्रम भएको छ । गत १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २२ बुँदे माग राखेको राप्रपाले आफ्ना माग पूरा गराउन १३–३१ असारसम्म पहिलो चरण र ११–३१ साउनसम्म दोश्रो चरणको आन्दोलन गरेको हो ।
दोस्रो चरणको आन्दोलन आज सकिँदैछ । तेस्रो चरणको आन्दोलनको मोडालिटीबारेमा चाँडै उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको केन्द्रीय आन्दोलन परिचालन समितिको बैठकले टुंगो लगाउने सार्वजनिक गरिने पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनभुयो ।

















प्रतिक्रिया दिनुहोस्