काठमाडौं, ३१ साउन । निहारिका राजपुतले आफूमाथि बलात्कारको आरोप लगाएका व्यक्ति शिवराज श्रेष्ठ पक्राउ परेका छन्। मंगलबार प्रहरीले शिवराज श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिनुभयो ।
शिवराजमाथि निहारिका नाबालिग हुँदा बलात्कार गरेको र उक्त करणीबाट बच्चा जन्मिएको आरोप छ। त्यही मुद्दामा प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी शिवराजलाई पक्राउ गरेको हो। निहारिकाले आफ्नो बच्चा र बलात्कार आरोपित श्रेष्ठको डिएनए गर्नुपर्ने माग गर्दै आउनुभएको छ। उहाँले माइतीघर मण्डलदेखि बसन्तपुरसम्म धर्ना दिँदै आउनुभएको छ । उहाँले गत शुक्रबार राष्ट्रपति भवनअगाडि पेट्रोल छर्केर आत्महत्याको प्रयास गर्नुभएको थियो । यस मुद्दामा शिवराज श्रेष्ठको पक्षमा फैसला गर्ने न्यायाधीश पर्शुराम भट्टराईमाथि न्याय परिषदले छानबिन गरिरहेको छ। उहाँलाई सर्वोच्च अदालतले काजमा तानेको छ।













प्रतिक्रिया दिनुहोस्