जनता टाइम्स

१ भाद्र २०७९, बुधबार ०७:३१

निहारिका राजपुत प्रकरण : आरोपी श्रेष्ठ पक्राउ


काठमाडौं, भदौ १ । प्रहरीले निहारिका राजपूत प्रकरणमा आरोपित भनिएका शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ। मंगलबार साँझ श्रेष्ठलाई धनुषा बजारबाट पक्राउ गरिएको हो। आरोपित श्रेष्ठलाई साँझ करिब साढे ७ बजे पक्राउ गरिएको हो ।

निहारिका प्रकरणमा धनुषा प्रहरी टोलीले पक्राउ गरेको हो। अब आवश्यक अनुसन्धान पक्रिया अगाडि बढने प्रहरीले जनाएको छ । आफूमाथि बलात्कार भएको आरोप लगाउँदै आएकी निहारिकाले डीएन परीक्षणको माग गर्दै आउनु भएको छ। बलात्कारबाटै बच्चाको जन्म दिएको दाबी गर्दै आएकी उहाँले राजधानी केन्द्रित आन्दोलन गर्दै आउनु भएको छ ।

हालै निहारिकाले राष्ट्रपति कार्यालय अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। प्रहरीले तत्कालै उद्धार गरेर अस्पताल पुर्याएको थियो। घटनालगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले निहारिका प्रकरणमा चासो देखाएकी थिइन्। उनले महान्याधिवक्ता र कानुनमन्त्रीलाई डाकेर निकारिका प्रकरणका सम्बन्धमा छलफल गर्नुभएको थियो । प्रहरीले छानविनका लागि आरोपी श्रेष्ठलाई पक्राउ गरेको हो ।