जनता टाइम्स

१ भाद्र २०७९, बुधबार १२:४७

प्रेमीबाट अलग्गिइन् यी पूर्व पोनस्टार


एजेन्सी, १ भदौ । पोर्न उद्योगको पहिचान बनेकी मिया खालिफा अब एक हाउस होल्ड नाम बनिसकेकी छन् । सोसियल मिडिया सेनसेसन मिया प्रायः केही न केही गरिरहेकी हुन्छिन्, जसकारण उनी चर्चामा आउँछिन् ।

उनी ट्वीटरसँगै टिकटकमा पनि लोकप्रिय छिन् । हालैमात्र उनले आफ्नो प्रेमी ‘प्युर्टो रिकान’ गायक झे कोर्तेजसँग ब्रेकअप भएको घोषणा गरेकी छन् ।

यो जोडीले गत वर्षको नोभेम्बरबाट डेट सुरु गरेका थिए । दुवैबीच राम्रै सम्बन्ध चलिरहेको थियो । मिया प्रेमीप्रति निकै उत्साहित पनि थिइन् । पूर्व पोर्नस्टार प्रायः प्रेमीसँगको फोटो सामाजिक सञ्जालमा राखिरहन्थिन् ।

एडल्ट फिल्मकी लेबनानी अभिनेत्रीले टिकटकमा एक अनौठो सन्देश सेयर गरेकी छन् । जुन सन्देश देखेर जोकोही चकित भइरहेका छन् । ‘जब तपाईं भावनात्मक रूपले सारा सम्बन्धलाई परिपक्व बनाउनुहुन्छ, तर तपाईं कुनै अर्को मानिसको ठूलो छोरालाई पाल्नका लागि आफ्नो भित्री युद्धबाट बच्न पाउनुहुन्न’, उनले लेखेकी छन् ।

मियाले यो सन्देश आफ्नै एक उदास तस्बिर राखेर सेयर गरेकी छन् ।