जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार ०८:२३

 प्राकृतिक प्रकोपका कारण १ सय ११ जनाको मृत्यु , ४० जना बेपत्ता ६७ जना घाइते


 

काठमाडौं, साउन १० । देशभर मनसुनपछिको विपद्का कारण १ सय ११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता ६७ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् । अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ । बाढीबाट ३१ जना तथा पहिरोमा परेर ९ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । यस्तै, पहिरोबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुबानबाट ६४ जिल्ला प्रभावित भएको छ । सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन् ।

सिराहामा ७ र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँचरपाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चाररचार जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परेर काठमाण्डौ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीनररतीन, सुनसरी, धादिङ, दाङ र बारामा दुईरदुई जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एकरएक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् । डोल्पामा ७ र लमजुङमा ६ जना अझै बेपत्ता छन् । सिन्धुलीमा चार, इलाम र मोरङमा तीनरतीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुईरदुई जना बेपत्ता छन् । झापा, सुनसरी, काठमाण्डौ, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्जनपुरमा एकरएक जना बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन् । पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् ।