जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार ०९:०६

रौतहटमा बस र अटो जुध्यो, ३ को मृत्यु


जनकपुरधाम, २ भदौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ पूर्वी लच्का नजिकै बस र अटोरिक्सा जुधेर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहीबार बिहान ५ बजे एक आपसमा ठक्कर खाएको हो ।

दुर्घटनामा अटोमा सवार ४ जना मानिसहरु घाइते भएपछि अस्पताल लगिएको थियो । अस्पतालमै ३ जनालाई मृत घोषणा गरिएको इलाका प्रहरी कार्यालय चपुरले जनाएको छ ।

मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टीका ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन् । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।