जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १९:५६

मकवानपुर आसपासमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह


काठमाडौं, २ भदौ । मकवानपुर आसपास भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुरगढी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको छ ।

भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका स(साना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।