जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार २१:०२

अवरोध नभए केही दिनमै सबै फोहर उठिसक्छ – मेयर साह


काठमाडौं, २ भदौ । काठमाडौं उपत्यकाको फोहर लैजाने क्रममा बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा भइरहेको सबै अवरोध हटेको छ । आज बिहीवार दुई सय ८४ वटा गाडी फोहर बोकेर बञ्चरेडाँडा पुगेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिनुभएको छ । यही अवस्था रहेमा केही दिनमा नै सबै फोहर उठिसक्ने उहाँले बताउनुभएको छ । मेयर साहले फोहर लैजान सहयोग गर्ने नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगीलगायतलाई धन्यवाद पनि दिनुभएको छ ।