काठमाडौं, २ भदौ । प्रेमको जालमा पारी आर्थिक लाभ लिने खोज्ने दाङका एक गिरोहलाई जिल्ला प्रहरी कार्यालय दाङले प्रक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले बिहिवार सार्वजानिक गरेको छ । दाङको नारायणपुरका एक व्यवसायीलाई बलात्कारको धम्की दिएर १२ लाख असुली गरेको आरोपमा चार महिलासहित पाँच जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलीपकुमार वली, घोराही उपमहानगरपालिका १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्रमिला नेपाली छन्।प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका उनीहरुले नारायणपुरमा सुनचाँदी पसल गर्ने दिनेश घर्तीमगरलाई योजनाबद्धरुपमा साउन २६ गते राति प्रमिलाको कोठामा बोलाई घेराबन्दी गरेर रकम माग गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताउनुभयो । सुरुमा उनीहरुले घोराही बजारमा रहेको घेडेरी माग गरेको र पछि १२ लाख २० हजार रुपया लिएको उनले जानकारी दिए। उनीहरुले १ लाख नगद, २र२ लाखका दुई थान चेक र ७ लाख २० हजारको अर्को चेक लिएको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका पाँच जनाका साथै स्थानीय अजय बुढाथोकी र लोकेन्द्र मगर समेतको सहभागितामा एक महिनादेखि दिनेशलाई फसाएर रकम असुल्ने योजना बनेको प्रमाणहरु फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताउनुभयो । अजय र लोकेन्द्र फरार रहेको र उनीहरुको खोजी भइरहेको डीएसपी गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार प्रमिलालाई सुनको तिलहरी बिक्री गर्ने बाहनामा दिनेशको पसलमा पठाएर चिनजान गराउने, फोन नम्बर साटासाट गराउने र नियमित कुराकानीमार्फत नजिक बनाएर कोठामा बोलाउने योजना बनाइएको पाइएको छ। कोठामा आएको मौकामा सबै आएर ढोका खोल्ने र बलात्कार गर्न खोजेको भनेर अप्ठेरोमा पारी उनीहरुले रकम असुलेको गौतमले बताउनुभयो । उनीहरुविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २५३ को उपदफा ३ ९ख० अन्तर्गत आपराधिक लाभ कसुरमा साउन २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान गरिरहेको उहाले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्