जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १०:४६

प्रेममा परेकी नै हुन त शृंखला खतिवडा ?


काठमाडौं, साउन १० । पूर्वमिस नेपाल श्रृंखला खतिवडा यतिबेला प्रमेमा परेको चर्चा छ । ब्लगर सिसन बानियाँसँगको फोटो सार्वजनिक भएसँगै खतिवडाको चर्चा मिडियादेखि सामाजिक सञ्जालसम्म चुलिएको छ । दुई जवान युवायुवतीलाई देशमा सँगै देखियो भने अफेयरको आशंका गर्ने नेपाली संस्कार नै बनेको बेला श्रृंखला आफैले सिसनसँगको फोटो सार्वजनिक भएपछि जताततै चर्चा सुरु भएको हो ।

सेलिब्रिटीलाई मिडिया आफैले लभ पारिदिने गरेको घटना पनि नेपालमा निकै छ । यतिबेला उनलाई सिसन बानियाँसँग प्रेममा परेको भन्दै समाचार लेख्नसमेत थालिएको छ । सिसन र शृंखलाको टर्कीमा एउटा मात्र फोटो बाहिरिएको छ, जहाँ दुवै सँगै छन्। यसरी बाहिरिएको फोटोमा शृंखलाले सिसनको छातीमा टाउको राखेकी छिन् र फोटोमा क्याप्सन छ, ‘लिटरल पार्टनर इन क्राइम’। यही क्याप्सनका भरमा धेरैले दुवैको अफेयर भएको अनुमान गरेका हुन ।