महोत्तरी,भदौ ३ । आफ्नै संस्थामा कार्यरत कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक जना सहकारीका म्यानेजरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रभु वचत तथा ऋण सहकारी संस्थाका म्यानेजर ३८ वर्षीय शत्रोहन यादव रहेका छन् ।
मंगलबार म्यानेजर यादवले सोही संस्थामा कार्यरत कर्मचारीलाई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर बलात्कारको प्रयास गरेका प्रहरीले जनाएको छ । युवतीले त्यहाँबाट भागेर ईलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएपछि यादव पक्राउ परेका हुन । यादवलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यादवले यसअघि पनि बैंकमा कार्यरत युवतीहरुलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्