गोरखा, भदौं ३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र बाबुराम भट्टराईको पार्टीसँग एकता हुने बताउनु भएको छ ।
अध्यक्ष प्रचण्डले आज आयोजित एक कार्यक्रममा माधव र बाबुरामको पार्टी माओवादीसँग मिल्ने बताउनु भएको हो । प्रचण्डको यो भनाईसँगै नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी दल दुवै माओवादीमा बिलयको लागि तयार भइसकेको तथ्य खुलेको छ । नेपाल जेसिजको क्षेत्र ’ख’ सम्मेलन उद्घाटन गर्न शुक्रबार गोरखा आउनु भएका प्रचण्डले एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीसँग पार्टी एकता गर्ने तयारी अघि बढिसकेको बताउनु भयो ।
’बाबुरामजी र हामी फेरि एकै ठाउँमा उभिने भइयो। यो गोरखाका लागि पनि विशेष महत्वको कुरा हो, चुनावपछि पार्टी एकता हुनै नै स्थिति छ,’ प्रचण्डले भन्नुभयो, ‘नेकपा एससँग पार्टी एकता संयोजन समिति बन्छ, किनकि माओवादीले पहिल्यै निर्णय गरेको छ । समाजवादीले पनि अस्ति निर्णय गरेको हुनाले पार्टी एकता हुन्छ । संयोजन समिति चाहिँ चुनावअघि नै बन्छ ।’
प्रचण्डले आगामी निर्वाचनमा जे जे भए पनि गठबन्धन बचाउने ढंगले अघि बढने पनि बताउनु भयो । नेकपा एसले माओवादीसँग एकता गर्ने भन्दै समिति बनाइसकेको छ । दल दर्ताको लागि निवेदन दिएको एक बर्ष पुग्ने अघिल्लो दिन नै माधव नेतृत्वको सो पार्टीले माओवादीसँग बिलयका निम्ति समिति बनाएको हो ।













प्रतिक्रिया दिनुहोस्