काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता नेता प्रदिप गिरिलाई भेन्टिलेटरबाट निकालिएको छ । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालिएको हो।
गिरिको स्वास्थ्यमा कुनै सुधार नभएपछि उहाँलाई कम कष्ट होस् भनेर भेन्टिलेटरबाट निकालिएको हो। गिरिको मेडिसिटि अस्पतालमा तीन हप्तादेखि उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार बिहीबारदेखि उहाँलाई भेन्टिलेटरमा राखिए पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि परिवारले अस्पतालसँग भेन्टिलेटरबाट निकाल्न आग्रह गरेको हो।
बिहीबारदेखि उहाँको स्वास्थ्य अवस्था अत्यन्तै क्रिटिकल बन्दै गएको अस्पतालले जनाएको छ। भारतको मुम्बईस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरि लगत्तै मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो । पछिल्लो समय उहाँलाई निमोनियाले सताएको थियो।













प्रतिक्रिया दिनुहोस्