जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १२:१९

पूर्व मिस नेपाल श्रृङ्खलाद्वारा युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकको सफल आरोहण


काठमाडौं, साउन १०

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकको सफल आरोहण आरोहण गर्नुभएको छ । उहाले सफल आरोहण पश्चात हिमालमा नेपालको झण्डा समेत फहराउनु भयो ।

नेपाल र फ्रान्सबीचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा फ्रान्सेली दूतावासले खतिवडालाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको ब्यवस्था मिलाएको हो । सेतो हिमालको नामले परिचित यो हिमालको उचाइ ४ हजार ८ सय ८ मिटर रहेको छ । इटाली र फ्रान्सको बीचमा अवस्थित यो हिमाल हाइकिङ, क्लाइम्बिङ, ट्रेल रनिङ, स्किङ् र स्नो बोर्डिङका लागि लोकप्रिय मानिन्छ ।

नेपाललाई विश्वसामु चिनाउन र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि हिमाल आरोहण गरेको श्रृङ्खलाकी आमा मुनु सिग्देलले बताउनुभयो । युरोप भ्रमणको डेढ महिनाको कार्यतालिका अनुसार श्रृङ्खला फ्रान्समा हिमाल चढेर फर्किएपछि अमेरिका जाने र युरोपका विभिन्न देशको भ्रमण गर्ने कार्यक्रम छ । श्रृङ्खलाले सफलतापूर्वक हिमाल चढेर नेपाल र फ्रान्सको झण्डा फहराउन सफल भएकोमा फ्रान्समा रहेको नेपाली दूतावासले बधाइ दिएको छ ।

https://www.instagram.com/shrinkhala_/