धनकुटा, ४ भदौ । प्रहरीले धनकुटा नगरपालिका–९ मुलघाटबाट पाँच किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका–९ बस्ने २० वर्षीय सनिल राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा कालो रङको झोलाभित्र लुकाइराखेको उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राई सवार प्रदेश नम्बर १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया दिनुहोस्