जनता टाइम्स

५ भाद्र २०७९, आईतवार ०५:३६

नेता गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालयमा राखिने


काठमाडौं ५ भदौ । कांग्रेस नेता एवं सांसद प्रदीप गिरिको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिने भएको छ।नेता गिरिको शनिबार राति ९:३० बजे उपचारका क्रममा निधन भएको छ।

उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आइतबार बिहान ११ :३० बजेदेखि दिउसो २ बजेसम्म केन्द्रीय कार्यालय राखिने कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको कार्यालयले शनिबार राति शोक विज्ञप्ति जारी गरी आइतबार नै नेता गिरिको अन्त्यष्टि गरिने जनाएको छ।

दिउसो २ बजेपछि अन्त्यष्टिका लागि पशुपति आर्यघाट लगिने भएको छ।