जनता टाइम्स

५ भाद्र २०७९, आईतवार १८:५०

देशभर थप २८६ जनामा कोरोना पुष्टि


काठमाडौं, ५ भदौ । देशभर पछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८६ जनामा संक्रमण पुष्टि भएको हो । ३४२३ जनाको स्वास्थ्य परीक्षण गरिएमा २८६ मा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १८१६ जनाको पिसिआर विधिबाट र १६०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पिसिआरबाट २०२ जना र एन्टिजेनबाट ८४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणबाट आज ४७९ जना निको भएका छन् । संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । हाल देशभर ४३४८ सक्रिय संक्रमित छन् ।