काठमाडौं, ५ भदौ । मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको एक चर्चमा जीवित गराइएको भन्दै सामाजिक सञ्जालमार्फत् भिडिओ सार्वजनिक भएपछि रूपन्देही जिल्ला प्रशासन कार्यालयले यसबारे अनुसन्धान गर्ने भएको छ। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै यसबारे थप अनुसन्धान अघि बढाउने बताउनुभयो ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई मन्त्रोच्चरण गरी पुनः जीवित गराएको भनिएको छ। विवेक सत्याल नामका फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेको भिडिओमा भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले मन्त्रोच्चरण गर्दै हातले तानेर उठाएको देखिन्छ।
भिडिओमा पास्टर भनिएका राजेन्द्र गोतामेले प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको भन्दै यशुलाई धन्यवाद दिनु भन्नुभएको छ । गोतामेसँगै वरिपरि केही महिला तथा पुरूषहरूले समेत मन्त्रोच्चरण गरेको भिडिओमा देखिन्छ।













प्रतिक्रिया दिनुहोस्