जनता टाइम्स

६ भाद्र २०७९, सोमबार ०७:४२

धनपतिलाई हटाएर नगर प्रहरी प्रमुखको जिम्मा पाण्डेलाई


काठमाडौं, ६  भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगर प्रहरी प्रमुखमा एसपी राजु पाण्डेलाई नियुक्त गर्नुभएको छ । शाहले महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रहरी उपरीक्षक (एसपी)धनपति सापकोटालाई हटाएर अर्का एसपी राजु पाण्डेलाई जिम्मेवारी दिनुभएको हो ।

काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता महेश काफ्लेका अनुसार नियमित प्रकृया अनुसार (एसपी)धनपति सापकोटालाई परिवर्तन गरिएको हो। उनले भन्नुभयो लामो समयसम्म उहाँले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो प्रकिया अनुसार नै उहाँलाई हटाइएको हो अन्य कुनै कारण छैन।

यसअघि नगर प्रहरी प्रमुख धनपतिलाई मेयर बालेनले प्रशासनतर्फ खटाएको उहाँले बताउनुभयो । काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक (एसपी) छन्। जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको सहप्रवक्ता महेश काफ्लेले बताए।