जनता टाइम्स

६ भदौ २०७९, सोमबार ०८:१५

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै


काठमाडौं, ६ भदौ ।  प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ ।दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आज डाकिएको हो ।

गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।राष्ट्रियसभाको आजै बस्ने बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।