काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा एघार बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार, आजको बैठकमा आगामी चुनावबारे छलफल हुनेछ । एमालेले चरणबद्ध बैठक राखेको छ ।
९ भदौमा पोलिटब्यूरो, १० र ११ भदौमा केन्द्रीय कमिटी र १२ भदौमा निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेकोे छ ।













प्रतिक्रिया दिनुहोस्