जनता टाइम्स

७ भाद्र २०७९, मंगलवार १८:२८

द्वन्द्व पीडितलाई थप पीडा दिनेगरी विधेयक ल्याइयो : खगराज अधिकारी


काठमाडौं, भदौ ७ । नेकपा एमालेका सांसद् खगराज अधिकारीले शान्ति प्रक्रिया टुंग्याउन सरकारले ल्याएको विधेयकमाथि एमालेको गम्भीर आपत्ति रहेको बताउनुभएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् अधिकारीले द्वन्द्व पीडितमाथि थप पीडा दिनेगरी सरकारले विधेयक ल्याएको बताउनुभयो ।

‘सर्वोच्च अदालतको निर्णय र मानअधिकारसम्बन्धी प्रतिबद्धताहरु,द्वन्द्वरत दुबै पक्षले मानव अधिकारका गम्भीर उल्लंघन गरेका कुराहरु ख्याल नगरी विशेष अदालत बनाएर ६ महिनाभित्र सक्ने कुरा आएको छ,आज द्वन्द्वका घाउमा पीडित भएका बेपत्ता भएकाहरुको पीडामाथि नुनचुक थप्नेगरी चोचो मिलाएर जुन काम गर्न खोजिएको छ,यसप्रति हाम्रो गम्भीर आपत्ति छ,’ उहाँले भन्नुभयो ।

द्वन्दकालीन अवस्थामा गिरफ्तार गरेपछि बलात्कार गर्ने, हत्या गर्ने, हतियारको प्रयोग गर्ने कुरा दुवै पक्षबाट भएकाले यसमा कसैलाई छुट दिन नहुने उहाँको भनाइ छ । सांसद अधिकारीले द्वन्दरत दुवै पक्षले मानवअधिकारको गम्भीर उलंघन गरेका कुरा र विशेष अदालत बनाएर ६ महिनाभित्र महान्याधिवक्ताले सक्ने जस्ता कुराले पीडितहरूलाई थप पीडा दिने देखिएको बताउनुभयो । सर्वोच्च अदालतको निर्णय, अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी प्रतिबद्धतालाई ख्याल गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।