जनता टाइम्स

८ भाद्र २०७९, बुधबार ०८:१५

अभिताभ बच्चन कोरोना संक्रमित


काठमाडौं, भदौ ८ । भारतीय चर्चित कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित हुनु भएको छ ।

सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिनुभएको हो । उहाँले आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गर्नुभएको छ ।

बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहनु भएको छ ।