जनता टाइम्स

९ भाद्र २०७९, बिहीबार १५:५६

बालेनविरुद्ध साना व्यवसायीले आन्दोलन गर्ने, उद्योग वाणिज्य संघले बोलायो बैठक


काठमाडौँ, ९ भदौ । काठमाडौं महानगरपालिको पछिल्लो गतिविधिबाट आफूहरू मारमा परेको भन्दै साना व्यवसायीहरूले आन्दोलनको तयारी गरेका छन् । केही दिनअघि फुटपाथ तथा साना व्यवसायीले विभिन्न माग राख्दै महानगरलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

नक्सा पासविना बनाइएका र अण्डरग्राउण्डका संरचना भत्काउन काठमाडौंका मेयर बालेन्द्र साह आफैं मैदानमा खटिनुभएको छ । मेयर साहको यो गतिविधिले शक्तिको दुरुपयोग गरेको व्यवसायीको आरोप छ । महानगरको गतिविधि समीक्षा गर्दै थप रणनीति बनाउन उद्योग वाणिज्य संघको आपतकालीन बैठक बोलाइएको छ । उद्योग वाणिज्य संघ काठमाडौंका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले काठमाडौंमा बालेनले ‘आतंक’ नै मच्चाएकाले आपतकालीन बैंठक बोलाएको बताउनुभयो ।

घरधनी र व्यवसायीबीच सम्झौता हुँदा महानगरले केही पनि भनेन । तर, अहिले घरधनी र महानगरको झगडाको असर व्यवसायीमा परिहेको छ । यसबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि जनाएका छन् ।