अर्घाखाँची, १० भदौ । ब्रोडकाष्टिङ एशोशियसन नेपाल बानको लुम्विनी प्रदेश सचिवमा अर्घाखाँचीका सञ्चार उद्यमी हरिप्रसाद भुसाल निर्वाचित हुनुभएको छ ।
काठमाडौँमा सम्पन्न बनको १८ औं साधारणसभा तथा सातौ अधिवेशनले भुसाललाई सर्वसम्मत रुपमा बानको लुम्विनी प्रदेश सचिवमा निर्वाचित गरेको हो । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा करिब १० वर्षदेखि रेडियो सन्चालन गरिरहनुभएको छ ।
भुसाल नयाँ एफ.एम. ८७ दशमलव ६ मेगाहर्जका स्टेशन म्यानेजर तथा संचालक समेत हो । लामो समयसम्मको पत्रकारिता अनुभव भएका भुसालले प्रदेशमा रहेका रेडियोहरुको संस्थागत विकासका लागि आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो । विभिन्न सामाजिक गतिविधीमा सक्रिय भुसाल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको संस्थापक अध्यक्षसमेत हो ।













प्रतिक्रिया दिनुहोस्