जनता टाइम्स

१० भाद्र २०७९, शुक्रबार १७:४४

नवौं कक्षामा पढने नाबालिग भइन् आमा, बाबुआमा भन्थे – धेरै आलु खान्थी ग्यास भयो होला !


एजेन्सी, १० भदौ । भारतको राजस्थानको बांसवाडा जिल्ला अस्पतालमा कक्षा ९ मा अध्ययनरत एक नाबालिगले आइतबार दिउँसो बच्चा जन्माएकी छन् । आमाबुवाले पनि उनी बलात्कृत भएको चाल पाएनन् । सदरमुकाम प्रहरी चौकीले बालिकालाई जबरजस्ती करणी गरेको मुद्दा दर्ता गरी अभियुक्तको खोजी सुरु गरेको छ ।

बालिकाको पेट जाँच गर्दा आठ महिनाको गर्भ रहेको खुलेको हो । १५ वर्षीया बालिकाको पेट दुखेको गुनासो लिएर बाबुआमा जिल्ला अस्पताल पुगेका थिए । यहाँ डाक्टरको परीक्षणमा उनी आठ महिनाको गर्भवती भएको खुलासा भयो । यो थाहा पाएपछि अभिभावकले पत्याउन सकेनन् । उनले आइतबार दिउँसो स्वस्थ बच्चालाई जन्म दिएकी हुन् ।

आमाबुवाले छोरीको बलात्कारबारे प्रहरीलाई जानकारी दिन चाहेनन् तर नवजात शिशुलाई लिन नमान्दा अस्पताल प्रशासनले प्रहरी र बाल कल्याण समितिलाई खबर गरेको थियो । त्यसपछि सदर प्रहरी चौकी आएर आमा बनेकी बालिकाको बयान लिई मुद्दा दर्ता गरेको थियो ।

गाउँकै युवकले प्रलोभनमा परेकी थिइन्
पीडितले आफूलाई प्रतापगढ निवासी विजयदासले प्रलोभनमा पारेको भए पनि आफूले यसबारे कसैलाई बताएको बताएकी छन् । आरोपितले युवतीलाई विभिन्न सामानहरू दिएर प्रलोभनमा पारी सम्बन्ध राख्दथे र उनी गर्भवती भइन् ।

यो कुरा बालिका र उनका आमाबुवालाई थाहा भएन । तीन महिनादेखि पेट बढ्दै गयो र पेट दुखेको कुरा गरिन्, तर आमाबुवाले एसिडिटी (ग्यास) ले सामान्य पेट दुखेको होला भनेर बेवास्ता गरिरहे । तर पेटमा अत्याधिक दुखाई हुन थालेपछि उनीहरू अस्पताल लैजान वाध्य भएका थिए ।

स्वस्थ बच्चा जन्मायो
छोरी गर्भवती भएकोमा आफूलाई कुनै आशंका नभएको पीडितका अभिभावकले बताए । ‘छोरीले आलु बढी खान्थिन्, त्यसैले पेट फुल्दै गएको र त्यही कारणले एसिडिटी हुँदैछ भन्ने सोचियो’ उनले भने । तर यो कुरालाई लिएर चिकित्सकहरु अचम्ममा परेका छन् । उनका अनुसार पाँच महिनापछि गर्भवतीको पेट देखिन थाल्छ ।

सधैं बढ्दै गएको पेटमा अञ्जान रहनु कस्तो आमा ? यस क्रममा बालिका पनि नियमित विद्यालय जाँदै थिइन् र कसैलाई यसबारे थाहा थिएन । पीडितलाई सुत्केरी गराउने डाक्टरले पीडित बालिका आफूकहाँ आइपुग्दा ३७ हप्ताको गर्भवती भएको बताए ।

यस्तो अवस्थामा चिकित्सकको टोलीले ढिलाइ नगरी शल्यक्रिया गर्ने निर्णय गरेको हो । दिउँसो १२ः३० बजे बालिकाले स्वस्थ बच्चालाई जन्म दिइन् ।