जनता टाइम्स

१० भाद्र २०७९, शुक्रबार २१:०२

नरबहादुर कर्माचार्य प्रतिष्ठानमा तिमिल्सेना


धनगढी, भदौ १० । पुष्पलाल श्रेष्ठको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचारीको स्मृतिमा गठित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान कैलालीमा पनि विस्तार भएको छ ।

सो प्रतिष्ठानका कैलाली संयोजकमा नेकपा माओवादी केन्द्रका नेता गोविन्द तिमिल्सेना छानिनुभएको छ । कैलाली शाखा तिमिल्सेनाको नेतृत्वमा नौ सदस्यीय बनाइएको छ । सो प्रतिष्ठानले आज शुक्रबार जिल्ला प्रशासन कार्यालय कैलालीबाट शाखा खोल्ने अनुमति लिएको छ ।

सो प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौमा रहेको छ । प्रतिष्ठानको संरक्षक माओवादी अध्यक्ष प्रचण्ड र अध्यक्ष नारायणकाजी श्रेष्ठ हुनुहुन्छ । सो प्रतिस्ठानले काठमाडौ झापाको विर्तामोड र सुनसरीमा सिटीभिटी अन्र्तगतका सीममुलक डिप्लोमा कक्षाहरु सञ्चालन गरिरहेको छ भने पाँचथरमा पुस्तकालय छ ।

अध्यक्ष तिमिल्सेनाले कैलालीमा पनि सिटिभिटी अन्तरगतका कक्षा चलाइने बताउनु भयो । तिमिल्सेनाका अनुसार प्रतिष्ठानले समाजवादका विषयमा नियमितरुपमा अन्तरक्रिया र कक्षाहरु सञ्चालन गर्ने योजना पनि बनाएको छ ।