जनता टाइम्स

१२ भाद्र २०७९, आईतवार ०८:१३

एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान खेल्दै


काठमाडौ, १२ भदौ ।एसिया कप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । दुबईमा गएराति भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलङ्कालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुवात गरेको हो ।

श्रीलङ्काले दिएको १ सय ६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

अफगानिस्तानको जितमा रहमानउल्लाह गुर्बाजले ४० रन बनाए । यस्तै हज्रातउल्लाह जाजईले अविजित ३७ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो ।

श्रीलङ्काका भानुका राजपाक्षेले सर्वाधिक ३८ रन तथा चामिका करुनारत्नेले ३१ रन जोडे । अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट तथा मुजिब उरहमान र मोहमद नाबीले २र२ विकेट लिए । जितसँगै समूह ‘बी’ को अफगानिस्तानले पहिलो खेलमा २ अङ्क जोडेको छ । प्रतियोगिताको दोस्रो खेलमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ।