जनता टाइम्स

१२ भाद्र २०७९, आईतवार २२:३१

लामखुट्टे नियन्त्रण गर्न भन्दै युवा संघले लगनखेल क्षेत्रमा छर्कियो विषादी


काठमाडौं, १२ भदौ । डेंगु रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ललितपुरमा विषादी छर्केको छ । लामखुट्टे नियन्त्रण हुने भन्दै युवा संघले लगनखेल बसपार्क र वरपर फगिङ मेसिन मार्फत विषादी छर्केको हो ।फगिङ मेसिन हान्दा उडेको धुवाँबाट जोगिन सर्वसाधारणले नाक र मुख छोपेका थिए । लामखुट्टे नियन्त्रणका नाममा विषादी छर्किँदा सर्वसाधारण भने प्रभावित भएका थिए ।