काठमाडौं, १२ भदौ । सत्ता गठबन्धनद्वारा सिट बाँडफाँटका लागि गठित कार्यदलले आइतबार पनि सहमति जुटाउन सकेन ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकमा कार्यदल बैठकमा सबै दल पुरानै दाबीबाट पछि नहटेपछि सहमति जुट्न नसकेको हो ।कार्यदल सदस्य जनमोर्चा नेता हिमलाल पुरीले आफूहरुबीच सहमति हुन नसकेको विषयमा शीर्ष नेतालाई जानकारी गराउने सहमति भएको बताउनुभयो ।
पुरीका अनुसार अर्को बैठकको मिति पनि तय भएको छैन । बैठक कहिले बोलाउने भन्नेबारे कार्यदल संयोजक काँग्रेस नेता कृष्ण सिटौलालाई जिम्मेवारी दिइएको उल्लेख गर्नुभयो। कार्यदलमा काँग्रेसले १ सय, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादील ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्