जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार ०७:३२

अमेरिका जाँदै प्रहरी महानिरिक्षकद्धय सिंह र अर्याल


काठमाडौं, भदौ १३ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल आज अमेरिका जादै हुनुहुन्छ । इन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जान लाग्नुभएको हो ।

सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ ।