जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार १०:५६

आज पत्रकारसँग सात्क्षात्कार गर्दै एमाले अध्यक्ष ओली


काठमाडौं, भदौ १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग सात्क्षात्कार गर्ने हुनुभएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागको आयोजनामा आज दिउसो अध्यक्ष ओलीले पत्रकारहरुसँग सात्क्षात्कार गर्न लाग्नुभएको हो ।

केन्द्रीय प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालका अनुसार आज दिउसो १ बजे कार्की ब्यांकेट बबरमहलमा अध्यक्ष ओलीसँग पत्रकारको सात्क्षात्कार कार्यक्रम राखिएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने निर्णय लिएपछिको यो पहिलो औपचारिक कार्यक्रम हो । आजको सात्क्षात्कारमा अध्यक्ष ओलीले पत्रकारको प्रश्नसँगै सुझावसमेत लिनुहुने र आफ्नो धारणा राख्नुहुनेछ ।