काठमाडौं, १३ भदौ । काष्ठमाण्डप टेलिभिजनका ५ जना पत्रकारमाथि समाचार संकलन गर्ने क्रममा लक्ष्मी बैंकका सुरक्षा गार्डलगायतका कर्मचारीहरुले हातपात गरेका छन्। आइतबार दिउँसो १ बजे हात्तिसारस्थित रहेको लक्ष्मी बैंकको कार्यालयमा सोधपुछ गर्न जादाँ सुरक्षा गार्डले आक्रमण गरेका हुन्।
नेपालको प्रचलित कानुनले मदिरा तथा सुर्तिजन्य पदार्थको विज्ञापन गर्न रोक लगाएको छ। यसको नियमन गर्ने निकाय काठमाडौँ महानगरपालिकाले उक्त विज्ञापन गर्न कुनै अनुमति नदिएको तथ्य बाहिरिएपछि त्यसको फलोअप रिपोर्टका लागि काष्ठमण्डप टेलिभिजनका रिपोर्टर फोमस भण्डारी र क्यामरा म्यान रमेश सिंह विष्ट हिजो आइतबारका दिन दिउँसो १ बजे कम्पनीको रिसेप्सनसँग अनुमतिमै हात्तिसारस्थित नेपालका लागि मुख्य कार्यालयमा जान खोज्दा लक्ष्मी बैंकद्वारा खटाइएका जी फोर एस कम्पनीका सुरक्षाका सुरक्षा गार्डद्वारा दुर्व्यवहार भएपछि टेलिभिजनबाट सहयोग गर्न गएका थप रिपोर्टरहरु लेदन राई, योगेश पाठक, ब्रज किशोर पटेल र क्यामरा म्यान राजेन्द्र तामाङलाई समेत फेरी पछि गार्डले हातपात गरी क्यामेरामा समेत क्षति पुर्याएको थिए।
त्यसपछि महानगरीय प्रहरी प्रभाग दरवारमार्गबाट आएका प्रहरी टोलीले घटना सम्बन्धी सोधपुछ गरी थप छानविनको प्रक्रिया अगाडि बढाइएको बताएको छ। नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि समाचार संकलनमा अवरोध गर्नु, हातपात हुनु तथा सञ्चा सामग्रीमा क्षति पुर्याउने काम हुनु, निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकार महासंघले विज्ञप्ति जारी गरेको छ।













प्रतिक्रिया दिनुहोस्