काठमाडौं, भदौ १४ । प्रेस चौतारी नेपालले आगामी निर्वाचनको घोषणापत्रमा समावेश गर्नुपर्ने बिषय सुझावका रुपमा नेकपा एमालेलाई प्रस्तुत गरेको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेललाई संगठनका अध्यक्ष गणेश बस्नेतसहितको पदाधिकारीले सुझाव हस्तान्तरण गर्नुभयो ।
नेकपा एमाले सञ्चारमैत्री दलको रुपमा रहेको र बिगतमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिँदै सञ्चार क्षेत्रलाई प्रबर्धन गर्ने नीतिसहितको घोषणापत्र निर्माण गर्न प्रेस चौतारीले आफ्नो सुझावमा उल्लेख गरेको छ । प्रेस चौतारीले एमालेलाई १४ बुँदे सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्